कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० ०६:५७
प्रतिक्रिया दिनुहोस्