नेपाललाई दोस्रो सफलता, यूएईका कप्तान आउट
काठमाडाैं - आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले लगातार दुई विकेट लिएको छ। शुक्रबार मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरिरहेकाे यूएईका दुई ब्याटर आउट भएका हुन् ।
सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए । उनले खलिद साहलाई रनआउट गरेका थिए । खलिदले ३ रन बनाएका थिए ।
त्यस्तै, सोही ओभरको चौथो बलमा मोहम्मद वसिमलाई सोमपालले करण केसीको हातबाट क्याच आउट गराए । वमिसले १६ बलमा २६ रनको पारि खेलेका थिए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । क्रिजमा अहिले बृत्य अरविन्द र आशिफ खान रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० ११:४५
प्रतिक्रिया दिनुहोस्