नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट
काठमाडौं- आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले नवौं ओभरमा युएईको तेस्रो विकेट लिएको हो ।
तेस्रो विकेटका रुपमा युएईका आसिफ खान आउट भएका हुन् । उनलाई सन्दीप लामिछानेले बाेल्ड आउट गरे ।
यूएईले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७५ रन जोडेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १२:०८
प्रतिक्रिया दिनुहोस्