युएईविरुद्ध नेपाललाई पाचौं सफलता
काठमाडाैं- आइसीसी टी -२० विश्वकप छनोट अन्तर्गतको सेमिफाइनलमा युएईविरुद्ध नेपालले पाचौं सफलता हासिल गरेको छ। नेपाललाई पाचौं सफलता कप्तान रोहित पौडेलले दिलाएका हुन्। रोहितले १५.५ ओभरमा युएईका अलि नासेरलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन्। नासेर ४ रन बनाएर आउट भए । युएईले १६ ओभरमा १०० रन बनाएको छ ।
त्यसअघि , चौथो सफलता कुशल मल्लले दिलाएका हुन् । उनले १३.४ ओभरमा युएईका एलिसन सराफुलाई सोमपाल कामीबाट क्याच आउट गर्दै पभेलियन फर्काए । उनले १६ रन बनाए । १५ ओभरको खेल सकिँदा युएईले ४ विकेट गुमाएर ९४ रन बनाएको छ । त्यसअघि सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले दशौं ओभरमा युएईका आशिफ खानलाई एलबीडब्ल्यू आउट गरे । उनी १३ रन बनाएर आउट भए ।
टस जितेर पहिला ब्याटिङ गरेको युएईले नेपालविरुद्ध आक्रामक सुरुआत गरेको थियो । ३ ओभरमा २९ रन बनाएको थियो । तर, तेस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए । उनले खलिद साहलाई रनआउट गरेका थिए । खलिदले ३ रन बनाएका थिए ।
सोही ओभरको चौथो बलमा मोहम्मद वसिमलाई सोमपालले करण केसीको हातबाट क्याच आउट गराए । वमिसले १६ बलमा २६ रनको पारि खेलेका थिए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।
बृत्य अरविन्दले २ तथा आशिफ खानले एक रन बनाएर क्रिजमा छन् ।