Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप छनौटः नेपालले २ विकेट गुमाउँदै १०० रन कटायो, लक्ष्य समात्न ३१ बलमा ३२ रन बाँकी

शुक्रबार, कात्तिक १७, २०८०

काठमाडौंटि२० विश्वकप प्रतियोगिताका लागि छनौट खेल खेलिरहेको नेपालले युएईसँगको खेलमा एक सय रन कटाएको छ। १३५ रनको लक्ष्य समातेको नेपालले १५ ओभर सकिँदा २ विकेट गुमाएर एक सय ३ रन बनाएको हो।

क्रिजमा कप्तान रोहित पौडेल र आफिस शेखको साझेदारी चलिरहेको छ। यसअघि धुरुन्धर ब्याट्स म्यान मानिने कुशल भुर्तेल र गुल्झन झा आउट भइसकेका छन्।

खेलमा आसिफ शेखले अर्धसतक कटाएका छन्।  उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्