Nic Ad Nic Ad
Nic Ad Nic Ad
जाजरकोट भूकम्प अपडेट

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । भूकम्पबाट धेरै क्षति भएको ठाउँ नलगाड बस्नेतको गाउँ हो ।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

भूकम्पमा परी दुई जिल्लामा ८० जना बढीको मृत्यु भइसकेको छ । सय भन्दा बढी घाइते भएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्