कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
काठमाडौँ - कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले जारी छ ।
बैठक भूकम्प प्रभावित क्षेत्रबारे आवश्यक निर्णय गर्न बोलाइएको हो ।
शुक्रबार राति गएको ६.४ म्याग्नेच्युटको भुईँचालोका कारण जाजरकोट र रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ भने सयौँ व्यक्तिहरू घाइते भएका छन् । प्राप्त जानकारी अनुसार जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ को मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०९:१३
प्रतिक्रिया दिनुहोस्