नेभिगेशन
समाचार
कोशी प्रदेश सरकार

कोशी सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्री अल्पमतमा

काठमाडौं कोशी प्रदेश सरकारबाट नेकपा एमाले औपचारिक रुपमा बाहिरिएको छ।

विना विभागीय मन्त्री राम रानाले शनिबार बिहान राजीनामा दिएका छन् ।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले माओवादीका गणेश उप्रेती नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट अलग भएको हो।

कांग्रेसबाट विद्रोह गरी एमालेको सहयोगमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । योसँगै कार्की अल्पमतमा पर्ने भएका छन् । 

एमालेले विश्वासको मत फिर्ता लिए कोशी सरकार भंग हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार