Nic Ad Nic Ad
Nic Ad Nic Ad
आईसीसी टी-२० विश्वकप एसिया छनोट

ओमानलाई निर्धारित ओभरमा रोक्न नसक्दा चुक्यो नेपाल, सुपर ओभरमा पराजित

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ ।  निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।

 सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

त्रिवि किकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रननै बनाएपछि खेल बराबरीमा पुगेको थियो ।

दुई टोलीबीच खेल बराबरी भएपछि सुपर अ‍ोभरबाट निर्णय लिईएको थियो । जसमा पहिला ब्याटिङ गरेको ओमानले २१ रन जोड्दै नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले केवल १० रनमात्रै जोड्न सक्यो । ओमानसँग हारेसँगै नेपाल उपाधि घरमै राख्नबाट चुकेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्