भारतले पठायो भूकम्प प्रभावितलाई राहत
नेपालगञ्ज- जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई भारत सरकारले राहत पठाएको छ । राहत सामग्री बोकेर आएको भारतीय वायुसेनाको विमान आइतबार दिउँसो नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूकम्पपीडितलाई भारत सरकारले सक्दो सहयोग गर्ने बताएका थिए ।
भूकम्पबाट जाजरकोट र रूकुम पश्चिमसहित पश्चिम नेपालका जिल्ला प्रभावित भएका छन् ।हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय जनाभन्दा धेरै घाइते छन् । करौडौंको भौतिक क्षति भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १७:३९
प्रतिक्रिया दिनुहोस्