Nic Ad Nic Ad
Nic Ad Nic Ad

नर्सले सुई लगाएको ५ मिनेटमा नै पाटन अस्पतालमा दुई बिरामीको मृत्यु, गल्ती कहाँनेर भयो?

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं– सुईको माध्यमबाट औषधि दिएका दुई बिरामीको ५ मिनेटमा नै मृत्यु भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव भएको छ। नर्सले औषधिको सुई लगाएकी थिइन्।

अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको बताइएको छ।

एकै वार्डमा रहेका ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुईका माध्यमले औषधि चलाउनासाथ मृत्यु भएपछि आफन्तले विरोध गर्दा अस्पतालमा तनाव भएको थियो।

नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए।

नगरकोटीलाई निमोनियासँगै कलेजोको समस्या देखिएको थियो भने राई निमोनियापीडित थिए। डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेका बिरामीको कसरी मृत्यु भयो भन्ने खोजीनीति भइरहेको छ।

डा. शर्माका अनुसार राई र नगरकोटीलाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) र चलाइएको थियो।

राईको उमेर पनि धेरै भइसकेका हुनाले अन्य कुनै पनि कारणले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो। जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ।

‘गतल औषधिको कारणले मृत्यु भएको रहेछ भने सजाय हुन्छ। मृत्यु के कारण हो भन्ने कुरा थप पोस्टमार्टमपछि पनि थाहा हुन्छ ।’

यसैबीच, गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित हुँदै हातपातमा उत्रिएका थिए। अहिले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म स्वास्थ्यकर्मी आकस्मिक बाहेक सेवा छोडेर आन्दोलनमा उत्रिएका छन्।

मानिसको विश्वासको कसी रहेको अर्धसरकारी अस्पताल पाटनमा भएको औषधिसम्बन्धी त्रुटी गम्भिर गल्तीका रुपमा बुझ्न आवश्यक छ, सुई लगाउनासाथ बिरामीको मृत्यु हुनु उपचारमा लापरवाही मान्नुपर्ने चिकित्सकहरू नै बताउँछन्।

कतिपय चिकित्सकले उमेर पुगेका व्यक्तिको अचानक मृत्यु हुन सक्ने बताउँछन्। तर, औषधि प्रयोग गर्नासाथ भएको मृत्युका कारण शंकाको सुविधा रहेको र त्यस विषयमा प्रशासनको मध्यस्ततामा एउटा सहमति भइसकेको छ। यद्यपि, बिरामीका आफन्त शान्त हुन सकेका छैनन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्