Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्यसबेलादेखि नै विवादमा रहन्थे तारा बरालसँग जोडिएका पूर्वएआईजी रणबहादुर चन्द

सोमबार, कात्तिक २०, २०८०

काठमाडौंसामाजिक सञ्जाल र युट्युवका कारण धेरैले बदनामी र चर्चा कमाएका छन्। पछिल्लो पटक चर्चामा रहेका छन् नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) रणबहादुर चन्द।

आफूलाई अभियन्ता बताउने तथा धुर्मुस सुन्तलीको बिरोध, प्रचण्डपत्नी सीताको निधनदेखि संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनसम्ममा विवादीत अभिव्यक्ति र पोस्ट गर्ने तारा बरालसँग चन्दको नाम जोडिँदै विवाद सतहमा आएको छ।

विवादमा आएपछि उनले एउटा कागजमा बरालसँग बिहे गर्ने सहमतिमा हस्ताक्षर दच्काएका थिए। तर, अहिले चन्दले झुक्याएर बरालसँगको त्यस्तो कागज बनाएको भनी बिहे नगर्ने घोषणा गरेपछि फेरि चर्चामा छन्।

उनी प्रकाश अर्याल प्रहरी महानिरिक्षक (आईजी) भएका बेला एआईजीमा बढुवा भएका अधिकारी हुन्। उनका सहकर्मी यस्ता विवादमा तानिएका छैनन् बरु सुरक्षा विज्ञ त कोही अख्तियार आयुक्तसम्म बनेका छन्।

प्रेम र अफेयर्सका विषयमा प्रहरी सेवामा हुँदादेखि नै चर्चा हुने गरेको थियो। सहकर्मी भएका कारण सम्झाएको हो तर उनी त्यस चक्करबाट अलग हुन सकेनन्, पूर्वएआईजी चन्दका सहकर्मी भन्छन्,‘प्रहरीको त्यति ठूलो प्रतिष्ठा कमाएको मानिस अहिले विभिन्न प्रकरणले हेडलाइनमा आउने, युट्युवरको भिडिओमा महिलासँग कैद हुने र गलफत्ती देख्दा निको लाग्दैन।

चन्द ६ बर्षअघि नेपाल प्रहरीका बाहलवाला एआईजी थिए।

बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा र विजयकुमार भट्टका ब्याची रणबहादुर चन्दको विवादले यतिबेला सामाजिक सञ्जाल रंगिएको छ।

पूर्वएआईजी चन्द बरालअघि पनि विभिन्न महिलासँगको सम्बन्धका कारण ल्याम लाइटमा रहने गरेका थिए। तर त्यसको खासै चर्चाचाहिँ हुने गरेको थिएन।

बरालसँग एउटा क्याफेमा सँगै भेटिएपछि केही युट्युवरसँगको विवादमा चन्द तानिएका थिए। लगत्तै बरालसँगको बिहे गर्ने कागज गरेको विषयले सनसनी मच्चायो।

अहिले भने त्यसलाई नकारेका कारण चन्दको चर्चा छ। जहाँ बरालले पनि कमेन्ट गरेकी छन्।

151501318Untitled-1699242441.png

सञ्जय, तारा र त्यो लेख्ने वकिलले लेखेर साक्षीमा मेरो नाम राखेको, जब कि मैले त्यो डकुमेन्ट लेखेको पनि होइन। अनि त्यो कुनै लिगल डकुमेन्ट पनि होइन, चन्दले फेसबुकमा स्टाटस लेखेका छन्, ‘मिडियाले तारालाई जे पायो लेखेकोबारे खण्डन हुने डकुमेन्ट बनाउने भनेको मात्र थियो । तीन जनाको सहमतिले घरमा बनाएको डकुमेण्ट भ्यालिड होइन ।

त्यसअघि पनि उनले लगातार स्टाटस लेख्दै तारासँग बिबाह गर्ने कुनै योजना नभएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दैमा विवाह नहुने पनि चन्दको भनाई छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्