सरकारलाई रास्वपाको ध्यानाकर्षण-राहत सबैले पाउने अवस्था बनोस्, चामल गोदाममै नकुहियोस्
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्पपीडितहरूका लागि सङ्कलित राहत वितरणमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै भेटेर उसले सरकारको ध्यानाकर्षण गराएको हो ।
विगतमा राहतका नाममा उठेका चामल गोदाममै कुहिने अवस्था बनेको भन्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो । “कसैले दोहोरो तेहोरो राहत प्राप्त गर्दैगर्दा कुनै पीडितले राहत पाउँदै नपाउने अवस्था नबनोस् भन्नेतर्फ सचेत गराएका हौँ,” रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले भने ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १५:५७
प्रतिक्रिया दिनुहोस्