Nic Ad Nic Ad
Nic Ad Nic Ad
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

‘राज्यको नीतिगत त्रुटीकै कारण उपभोक्ताहरु अन्यायमा परे’ 

सोमबार, कात्तिक २०, २०८०

काठमाडौँ– उपभोक्ता अधिकारकर्मीहरुले राज्यका नीतिगत त्रुटीका कारण उपभोक्ताहरु अन्यायमा परेको बताएका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले राज्यको नीति नियम कमजोर हुँदा उपभोक्ताहरु अन्यायमा परेको बताएका हुन् । 

उनीहरुले उपभोक्ता अधिकारका लागि संसदीय समितिहरुले पटक पटक बिभिन्न निर्णय दिदा पनि कार्यान्वयन हुन नसक्नु दुखद भएको बताएका थिए ।

बैठकमा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले राज्यका निकायहरुबीच आपसी समन्वय नहुँदा बजारमा समस्या देखिएको बताए । माग र आपूर्तिको समन्वयका आधारमा उपभोग्य बस्तुको मूल्य राज्यले निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले उपभोक्ता हितका लागि बजारको एकाधिकार नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए । बैठकमा समिति सदस्यहरुले बजार अनुगमनलाई निरन्तर गर्नुपर्ने उपभोक्ता अधिकारका लागि आवश्यक नीति नियम परिमार्जन गर्नुपर्ने लगाएतका सुझाव दिएका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्