कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५० रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४।८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६।४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८५ रुपैयाँ रहेको छ ।
यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।