Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशसँग हारेसँगै विश्वकपबाट बाहिरियो श्रीलंका

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं - भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपबाट श्रीलंका बाहिरिएको छ। सोमबारको खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना समाप्त भएको हो।

बंगलादेशले श्रीलंकालाई तीन विकेटले हराएको हो। सुरुमा ब्याटीङ गरेको श्रीलंकाले दुई सय ८० रनको लक्ष्य दिएको थियो। बंगलादेशले सात विकेट गुमाएर ४१.१ ओभरमा सो लक्ष्य भेटाएको हो ।

खेल जितेको बंगलादेश यसअघि नै सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिसकेको छ। दुवै देशले समान ८ खेलमा दुई मात्र जित निकालेका छन् ।
मंगलबार विश्वकपमा अष्ट्रेलिया र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। अफगानिस्तानलाई जितेमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ। यसअघि उसले पाँच खेल जितिसकेको छ । सात खेलमा चार खेल जितेको अफगानिस्तान पनि सेमिफाइनल प्रतिस्पर्धामा छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्