गृहमन्त्री श्रेष्ठ एक्शनमा उत्रिए, धनुषाका एसपी खड्कालाई प्रधान कार्यालय तानियो
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी उपरिक्षक (एसपी) विश्वराज खड्कालाई तानिएको छ।
गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई सोमबार जिम्मेबारीबाट हटाएको हो।
धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाइएको बताए। एसपी खड्कालाई जिम्मेवारीबाट हटाउनुमा आरती साहको मृत्यु घटना जोडिएको छ।
साहका परिवारले एसपी खड्कालाई कारबाही नगरेसम्म सरकारसँग वार्ता नगर्ने अडान राखेका थिए।
गृहमन्त्री श्रेष्ठले साहको परिवारलाई वार्तामा आह्वान गर्दा सोही अडान राखेपछि एसपी खड्का तानिएका हुन्।
लामो समयदेखि माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्