चीनको राहत भूकम्पपीडित क्षेत्रमा, सीपीसीका नेता काठमाडौंमा
काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली काठमाडौंमा आएको छ।
उच्च स्तरीय राजनीतिक भेटघाटसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएको तिब्बत क्षेत्रबारेलगायतका विषयमा कुराकानी हुनेछन्।
पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी थिइन्। वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन्। उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन्।
बुधबारै जाजरकोटमा गएको भूकम्पका कारण पीडित भएकालाई राहत सामग्री लिएर चिनियाँ विमान आएका थिए। ति विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो।