एसिया कप क्रिकेटमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने
काठमाडौँ - यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।
एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।
यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ । समूह बीमा भने आयोजक यूएईसहित बङ्गलादेश, श्रीलङ्का र जापान छन् ।
समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलङ्कामा हुने यु-१९ विश्वकप क्रिकेट खेल्ने छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १६:२०
प्रतिक्रिया दिनुहोस्