नेभिगेशन
समाज विविध

सर्वोच्चका न्यायाधीशले भूकम्प प्रभावितलाई ७ दिनको तलब दिने

काठमाडौं - प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशहरुले भूकम्प प्रभावितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् ।

बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठ लगायत न्यायाधीशहरुले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी गराए हुन् ।

बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता