Nic Ad Nic Ad
Nic Ad Nic Ad

युट्युबर मनोज मानवबिरुद्ध महिलाले दिएकी थिइन् साइबर ब्युरोमा उजुरी, नेपथ्यको कारण यस्तो छ

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौंविवादीत युट्युवर मनोज मानव भनिने मनोज महतोविरुद्ध प्रहरीको साइबर ब्युरोमा एक जना महिलाले उजुरी दिएकी थिइन्।

चरित्र हत्या गरेको भन्ने उजुरी र प्रमाण साइबर ब्युरोले पाएपछि बुधबार साँझ मनोज मानवलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) पशुपतिकुमार रायले क्यानडा नेपाललाई बताए।

पछिल्ला चरणमा भने मनोज मानव र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतबीच भएको संवादको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा मानवले बस्नेतसँग बार्गेनिङ समेत गरेको भनिएको थियो।

उता अर्की महिलासँग अश्लील गालीगलौजलगायतको संवादको अडिओ पनि सार्वजनिक भएको थियो।

उच्च स्रोतका अनुसार एमालेका महिलाले नै दबाब दिएपछि उजुरी दर्ता गरिएको थियो। उनलाई पक्राउ गर्नुको नेपथ्यको मुख्य कारण नै नेता बस्नेतको चरित्र हत्या गर्नु रहेको बताइन्छ।

पछिल्ला चरणमा युट्युवमा अन्तरवार्तामा समेत देखिने गरेका मनोज मानवले विवादीत अभियन्ता तारा बराल र प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) रणबहादुर चन्दको विवादलाई सामाजिक सञ्जालमा छताछुल्ल पारेका थिए। उनलाई बरालले चड्काएको भिडिओ समेत सार्वजनिक भएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्