Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फा अध्यक्षविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु

बिहीबार, कात्तिक २३, २०८०

हेटौंडा- अखिल नेपाल फुटबल संघ ९एन्फा०को हेटौडामा जारी विशेष साधारण सभामा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु भएको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौ २५ गते वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।

तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । एन्फाको कूल १०७ सदस्य ९जिल्ला, क्लब, संघ० मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।
यस आधारमा अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।

साधारणसभा हेटौडामा प्रहरीको विशेष सुरक्षा घेराभित्र चलिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्