Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा सत्यता छैन : सिंह

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले तिहारपछि सत्ता गठबन्धन ढल्छ भनेर अहिले गरिने गरेको प्रचारमा कुनै सत्यता नरहेको बताएका छन् । सत्ता गठबन्धन संविधान जोगाउनका लागि बनेको र यो उसैगरि अगाडी बढिरहने भएकोले सत्ता गठबन्धन के होला भन्ने अहिले प्रश्न नै नभएको बताएका हुन् ।

लौहपुरूष गणेशमान सिंहको १०९ओै जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा पत्रकारहरुले सोधेको जवाफ दिने क्रममा उनले गठबन्धन झन बलियो हुने तर नढल्ने बताएका हुन् ।
‘संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसारनै गठबन्धन अघि बढ्छ । यो तिहार पछि ढल्ने वा के गर्ने भन्ने प्रश्न नै अहिले छैन,’ नेता सिंहले भने ।

उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरि गर्न तीनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्