Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाई र महेश बस्नेत आमने–सामने उत्रिने, मंसिर ७ मा मुठभेड रोक्न के गर्दैछ प्रशासन?

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौंराजसंस्था पुनःस्थापनासहितको महाअभियानको घोषणा गरेका विवादीत मेडिकल ब्यावसायी दुर्गा प्रसाईँले आगामी मंसिर ७ गते काठमाडौंमा विशाल प्रदर्शनको घोषणा गरेका छन्।

त्यहि दिन प्रसाईंसँग निरन्तर टकराव लिइरहेको नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले पनि प्रदर्शनको कार्यक्रमको घोषणा गरिसकेको छ।

युवा संघले पार्टीका इञ्चार्ज महेश बस्नेतलाई त्यसको मुखियाका रुपमा उतार्ने निधो गरिसकेको छ भने प्रसाई आफैं अभियानका तर्फबाट मैदानमा हुनेछन्।

त्यस्तो स्थिति आए मुठभेड हुन सक्ने अनुमान र विश्लेषण विभिन्न पक्षबाट भइरहेको छ। किनभने, बीचका समयमा प्रसाई र बस्नेतबीच सामाजिक सञ्जालका विभिन्न फोरम र मिडियामा एकअर्काबीच हेट स्पिच शैलीमा वक्तव्यबाजी भइरहेका छन्।

प्रसाईँको अभियान र युवा संघले एकै दिन कार्यक्रम राखेको कार्यक्रममा मुठभेड हुन सक्ने यसैले पनि आँकलन गरिएको हो। यस विषयलाई गृह मन्त्रालयले चासोका रुपमा हेरेको बताइएको छ। तर, मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले भने जिल्ला प्रशासन कार्यालयमार्फत नै रिपोर्टिङ हुने बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले भने दुवै पक्षले अहिलेसम्म कार्यक्रमका लागि स्थान माग नगरेका कारण जानकारीमा नभएको बताए। प्रशासनसँग अनुमति लिएको र त्यस्तो अवस्था आँकलन गरेको खण्डमा जिल्ला सुरक्षा समितिको बैठकले एउटा ठोस निर्णय लिएर निर्देशन जारी गर्ने प्रचलन रहेको छ।

यता, दुवै पक्षको कार्यक्रम एकै दिन हुने स्थिति आए मुठभेडको अवस्था आउन सक्ने प्रतिनिधि सभाका स्वतन्त्र सदस्य अमेरश सिंहले आँकलन गरेका छन्। त्यस्तो अवस्थालाई रोक्न कफ्र्यु या निषेधाज्ञा जारी नभए ठूलो घटना हुन सक्ने उनको अनुमान रहेको छ।

पछिल्ला दिनमा प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली, पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् भने बस्नेत पनि उही शैलीमा देखिएका छन्।

प्रसाईं नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेका केन्द्रीय सदस्यबाट निष्काशनमा परेपछि महाअभियान घोषणा गरेर राजसंस्थाको वकालत गरिरहेका छन्।

उनी तिनै विवादीत व्यावसायी हुन् जसले हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई घरमा मार्सी चामलको भात चरेशको थालमा खुवाएका कारण सामाजिक सञ्जालमा भाइरल हुन थालेका थिए।

यति मात्र नभएर विभिन्न हतकण्डा अपनाएर विवादमा पनि आइरहेका प्रसाईंले झापाको विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजको सम्बन्ध प्राप्तिका लागि राजनीतिक दलका नेतासँग नजिकिने काम गरे। तर, डा. गोविन्द केसीले अनशन गरेपछि सम्बन्धन नपाएका उनी केसीविरोधी गतिविधि हुँदै राजनीतिक दलका शीर्ष नेताको विरोधमा हेट स्पिचमा उत्रिए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्