Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २ सय ४५ रनको लक्ष्य

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौँ - भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि २ सय ४५ रनको चुनौती दिएको छ। 

अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको हो। उसका लागि अज्मतुल्लाह ओमरजाइले सर्वाधिक ९७ रनको योगदान गरे।

१ सय ७ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। नूर अहमद र रहमत साहले समान २६–२६ र रहमनुल्लाह गुर्बाजले २५ रन जोडे। दक्षिण अफ्रिकाका गेराल्ड कोइट्जीले ४, लुङ्गी एनगिदी र केशव महाराजले समान २-२ र एनडिल फेलुक्वायोले एक विकेट लिए।

दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तानको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ। आठ खेल खेलेको अफगानिस्तान ८ अङ्कसहित छैटौँ स्थानमा छ।

उसले सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकालेर मात्र सम्भव छैन। कम्तीमा ४ सय ३८ रनको जित निकाल्न सके मात्र नेटरनरेटका आधारमा चौथो स्थानमा उक्लिने सम्भावना रहन्थ्यो। हाल १० अङ्कसहित चौथो स्थानमा रहेको न्यूजिल्याण्ड नेटरनरेटमा अगाडि छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्