Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीमा छठपछि मात्रै सरकार विस्तार हुने

शनिबार, कात्तिक २५, २०८०

विराटनगर- कोशी प्रदेशका तत्काल सरकार विस्तार नहुने भएकाे छ। सत्ता गठबन्धन दलहरूबिच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको हाे । सत्ता गठबन्धन दलहरू काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाबीचकाे छलफलले उक्त सहमति गरेका हुन्।

स्रोतका अनुसार गठबन्धनबिच कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एसले र जसपाले १–१ मन्त्री पाउने गरी छलफल भएको छ। जसपाले भने यसअघि नै तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ । तर, जसपा सरकारमा आउने ठानेरै उसका लागि एउटा मन्त्रालय छुट्याउने गरी छलफल अगाडि बढेको हो ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार पनि गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । मुख्यमन्त्री कार्कीले काँग्रेस दलका नेता उद्धव थापा र जसपाकी सांसद निर्मला लिम्बूसँग पनि बिहीबार छलफल गरेका थिए ।

सरकारले मङ्सिर १६ गतेसम्ममा ल्याइसक्नुपर्ने बजेट अध्यादेश प्रतिस्थापन विधेयकको विषयमा पनि बैठकमा छलफल भएको थियो । उक्त छलफलले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्ने सहमति पनि गरेको छ ।

यस्तै, प्रदेश सरकारका राजनीतिक नियुक्तिमा पनि सहमतिकै आधारमा गर्ने उनीहरूको सहमति छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्