खुला र सुरक्षित इन्डो-प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल
वासिङ्टन- अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत-अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द-प्रशान्त क्षेत्रलाई प्रवर्द्धन गर्ने प्रयासबारे छलफल भएको छ ।
ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविष्कारलाई निरन्तरता दिन आफूहरू तत्पर रहेको पनि दोहोर्याए ।
अमेरिकी विदेश मन्त्री ब्लिन्केनले भने, “नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द-प्रशान्त क्षेत्रको प्रवर्द्धनका लागि काम गर्न भन्ने विषयमा छलफल गरेको छु । म उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षमा हाम्रो नवीनतालाई निरन्तरता दिन तत्पर छु ।
ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन नयाँ दिल्लीमा भएको टु प्लस टु मन्त्री स्तरीय वार्ताका लागि भारत आएका छन् । शुक्रबार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि प्रधानमन्त्री मोदीले ‘२ं२’ ढाँचा भारत-अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोगी भएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–अमेरिका साझेदारीलाई ‘विश्वव्यापी भलाइ’का लागि ‘शक्ति’ को संज्ञा दिँदै नयाँ दिल्ली र वासिङ्टनबीचको पारस्परिक लाभकारी सहयोग लोकतन्त्र, बहुलवाद र विधिको शासनमा उनीहरूको साझा विश्वासमा आधारित रहेको बताए ।
ब्लिन्केन र प्रधानमन्त्री मोदीले हिन्द-प्रशान्त क्षेत्रमा र विश्वव्यापी महत्वका विषयमा घनिष्ठ साझेदारीका लागि भारत र अमेरिकाको साझा दृष्टिकोणलाई दोहोर्याएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“भारत र संयुक्त राज्य अमेरिकाले जापान र अस्ट्रेलियासँग क्वाड (चतुर्भुज सुरक्षा संवाद) मार्फत साझेदारीलाई बलियो बनाएर स्वतन्त्र, खुला र सुरक्षित हिन्द-प्रशान्तलाई बढावा दिइरहेका छन्,” अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले नयाँ दिल्लीमा आयोजित पाँचौँ २ं२ भारत-अमेरिका मन्त्री स्तरीय संवादमा भने।
ब्लिन्केनले भने, “उदाहरणका लागि, अवैध फिसिङ, पाइरेसी र लागूपदार्थको ओसारपसारविरुद्ध लड्न हामी इन्डो-प्यासिफिक क्षेत्रमा मानवीय राहत र विपद् प्रतिकार्य प्रयासमा पनि समन्वय गरिरहेका छौँ । यो संवादले अमेरिका र भारतबीच उच्चस्तरीय छलफलका लागि एक मञ्च प्रदान गर्दछ । अमेरिका र भारतका नेताहरूले महत्वपूर्ण द्विपक्षीय र विश्वव्यापी मामिलाहरूमा छलफल गर्दछन्, जसमा हिन्द-प्रशान्त क्षेत्रमा भइरहेका घटनाक्रमहरूमा विशेष जोड दिइन्छ ।