तिहारमा काठमाडौं महानगर प्रहरीले राति १ बजेसम्म गस्ती गर्ने
काठमाडौँ- काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन महानगर प्रहरीले राति एक बजेसम्म गस्ती गर्ने भएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरुको तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने जानकारी दिएको हो ।
शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए । देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने पनि पाण्डेले जानकारी दिए।
शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने उनले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १६:०२
प्रतिक्रिया दिनुहोस्