Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंका मेयर भेट्न गृहमन्त्री मेयर बालेन निवासमा

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री श्रेष्ठ आज (शनिबार) विहान बालेन निवास पुगेका थिए । उनले बालेन निवासमै लञ्च गरेका थिए ।

महानगर प्रमुख शाहले बेला–बेलामा संघीय सरकारलाई चेतावनी दिँदै आएका छन् । सिंहदरबारको फोहोर उठाउन रोक लगाउनेदेखि लिएर सिंहदरबार जलाउनेसम्मको अभिव्यक्ति बालेनबाट हुँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्