पाकिस्तानको सेमिफाइनल पुग्ने यात्रामा ब्रेक, सेमिफाइनलमा भारत र न्यूजिल्याण्ड भिड्ने
काठमाडौ - आईसीसी विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा पाकिस्तान पराजित भएको छ । भारतमा जारी खेलमा इंग्ल्याण्डले ९३ रनले पराजित गरेको हो । पराजित भएसंगै पाकिस्तानको सेमिफाइनल यात्रा रोकिएको छ । अब सेमिफाइनमा पुग्ने टोलीको समेत टुंगो लागेको छ । सेमिफाइनलमा भारत र न्यूजल्यांड, अष्टेलिया र दक्षिक अफ्रिका भिड्ने भएका छन् ।
शनिवार भएको खेलमा ३ सय ३८ रन पछ्याएको पाकिस्तान ४३ दशमलव ३ ओभरमा २ सय ४४ रनमा समेटियो । पाकिस्तानका लागि अगा सलमानले सर्वाधिक ५१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । कप्तान बाबर अजामले ३८, मोहमद रिजवाले ३७, साउद सखेलले २९ रन बनाए ।
इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्स, जो रुट र जोनी बेयरस्टोले अर्ध शतक बनाए । स्टोक्सले सर्वाधिक रन बनाउने क्रममा ७६ बलमा ११ चौका र २ छक्काका साथ ८४ रनको योगदान थिए ।
रुटले ७२ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए । ओपनर बेयरस्टोले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए । अर्का ओपनर डेविड मलानले ३९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए । ह्यारी ब्रुकले १७ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे । कप्तान जोस बटलरले पनि १८ बलमा २७ रन थपे । डेभिड विलीले ५ बलमा १५ रन बनाए । मोइन अलीले रन बनाउन सके भने गस एटकिन्सन शून्यमा आउट भए। क्रिस वोक्स ४ रन र आदिल राशिद बिना रन नटआउट रहे ।
पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले २र२ विकेट लिए । यस्तै इफ्तिकार अहमदले एक विकेट लिए । इंग्ल्याण्ड यसअघि नै विश्व कपबाट बाहिरिएको थियो । शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीका लागि भने छनोट भएको छ।