आज २०८० साल कात्तिक २८ गते मंगलवार,यस्तो छ तपाईको राशिफल
काठमाडौ - मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिन सक्छन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । अधुरा कार्यहरू पुरा हुनसक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्नसक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । शुभ समाचार पनि सुन्नमा आउला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढ्नसक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।