Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्पको दुःखद क्षतिमा भाइटीका नलगाउने जनार्दन शर्माको घोषणा

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्माले जाजरकोटमा गएको भूकम्पमा भएको जनधनको क्षतिको दुःखद परिस्थितिमा यसपालिका भाइटीका नलगाउने घोषणा गरेका छन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

‘मिति २०८०र०७र१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’, शर्माले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १५४ जनाको निधन भएको छ । हजारौंको घरबार विहिन अवस्थामा छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्