राष्ट्रपति पौडेलले लगाए बहिनीहरुबाट भाइटिका
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटिका लगाएका छन् ।
राष्ट्रपति पौडेलको स्वकीय सचिवालयका अनुसार बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका छन् ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।
भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १३:०६
प्रतिक्रिया दिनुहोस्