नेभिगेशन
खेलकुद

महिला टी-२० श्रृंखलामा आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ - चारदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज आयोजक हङकङ र नेपाल खेल्दै छ । खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।

यसअघि बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो ।

नेपालले मंसिर २ गते जापानको सामना गर्नेछ । श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद