नेभिगेशन
समाज विविध

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

सिन्धुली - सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीकोे मृत्यु भएको छ। दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिहारमा कारगारमा रहेका कैदी बन्दीहरुसंग बेलुकी देउसी खेलेर सुतेका उनी एक्कासी बिरामी भएर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मगरको मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध