Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिकटक प्रतिबन्धको सांकेतिक विरोधमा डा. आरजु राणा देउवा

टिकटक प्रतिबन्ध भए पनि भीपीएनको प्रयोग, सत्तारुढ कांग्रेस नेत्री आरजु राणाकै आयो भिडिओ!

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौंसरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाए पनि भर्चुअल प्राइभेट भिडिओ (भीपीएन) प्रयोग गरी भिडिओ बनाउने, लाइभ बस्नेको कमी छैन।

केही दिन सरकारको निर्णयको विरोध र समर्थनमा आवाज चले पनि टिकटिकमार्फत अभिव्यक्ति स्वतन्त्रता तथा आफ्ना मनोरञ्जन खोसिएको मनन् त सत्ताधारी दलका ठूला नेता नेत्रीले नै गरेका रहेछन्।

पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई टिकाउन मुख्य भूमिका खेलेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी तथा नेत्री, संसदको कृषि समितिकी सभापति आरजु राणाले नै भीपीएन प्रयोग गरेर भिडिओ बनाएकी छन्।

उनले तिहारमा भाईलाई लगाएको टिकाको भिडिओ बनाएर आफ्नो आईडी डा. आरजु राणा देउवा अफिसीयल १मार्फत २४ घन्टा पनि नबितेको भिडिओ देख्न पाइन्छ।

सरकारको निर्णयविपरित नीतिगत र निर्णायक तहबाट नै प्रयोग गरिनु भनेको सहमतिका आधारमा प्रतिबन्धको घोषणा नभएको अर्थ लाग्दछ भने नेपाली कांग्रेसको सहमति नभएको पनि स्पष्ट हुन्छ।

आखिर कसको सहमतिका आधारमा प्रचण्डले टिकटिकमाथि प्रतिबन्ध लगाएका हुन्? उनले भनेको दलीय सहमति भयो भन्ने अभिव्यक्ति झूठो थियो?

त्यसो त नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको अभिव्यक्तिबारे पार्टी जानकार भए पनि निर्णयमा सहमति नभएको प्रतिक्रिया जनाइसकेका छन्।

प्रतिबन्धको नीतिगत तहबाट पनि कटाक्ष भइरहेका छन्।

तैपनि भीपीएन प्रयोग गरी टिकटक सजिलै चलाउन सकिनेबारेमा भने प्रायः प्रयोगकर्ता जानकार रहेको देखिन्छ।

भीपीएन भनेको प्रतिबन्ध गरिए पनि सुरक्षित रुपमा निजी नेटवर्कबाट जुनसुकै इन्टरनेटका सामग्री चलाउन सकिने प्रविधि हो। जसलाई नेपालमा इन्टरनेट प्रयोगमा जानकारहरूले चलाइरहेका छन्।

त्यसमा डा. राणा पनि भेटिएकी एक पात्र हुन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्