Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

शुक्रबार, मंसिर १, २०८०

काठमाडाैं - जारी आइसीसी विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारत भिड्ने भएका छन्। विहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अस्ट्रेलिया आठौं पटक फाइनलमा पुगेको हो। अस्ट्रेलियाले अहिलेसम्म ५ पटक उपाधि जितेको छ ।

दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई जिताउनका लागि ओपनर ट्राभिस हेडले ६२ रनको पारि खेले । उनले ४८ बलमा २ छक्का र ९ चौका प्रहार गरे । यसैगरी अर्का ओपनर डेभिड वार्नरले २९ रनको पारि खेले । दुवै ओपनरले ६० रनको साझेदारी गरेका थिए । त्यसपछि क्रिजमा आएका मिचेल मार्सले खात नै खोल्न सकेनन् । स्टेभन स्मिथले ३० रन बनाएर आउट भएका थिए ।

उनले ६२ लफ फेस गर्दा २ चौका प्रहार गरे । मार्नस लाबुसेनले १८ रन बनाउँदा ३१ बल फेस गरे । उलने २ चौका प्रहार गरे । अस्ट्रेलियालाई सेमिफाइनलमा पु¥याउन २०१ रनको नटआउट पारि खेलेका ग्लेन म्याक्सवेल आज भने चल्न सकेनन् । उनले ५ बल फेस गर्दा १ रन बनाएर पभेलियन फर्किए ।  जोस इंग्लिसले २८ रनको पारि खेल्दा ४९ बल फेस गरेका थिए । मिचेल स्टार्कले १६ रनको नटआउट पारि खेल्दा  कप्तान पाट कमिन्सले १४ रनको नटआउट पारि खेल्दै ४७.२ ओभरमा ३ विकेटको जित दिलाए ।

दक्षिण अफ्रिका तबरेज सम्सी र गेराल्ड कोट्जेले  दुई दुई विकेट लिँदा, कागिसो राबडा, एडेन मार्करम र केशव महाराजले एक एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरको २ बल बाँकी हुँदा सबै विकेट गुमाएर २१२ रन मात्रै बनायो । २४ रन बनाउँदा ४ विकेट गुमाएको टिमलाई हेनरिक क्लासेन र डेभिड मिलरले सम्हालका थिए ।

१४.४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाउँदा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा यी दुई खेलाडीले ९५ बलमा ११३ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई अघि बढाए ।

दक्षिण अफ्रिकाले पाँचौं विकेट क्लासनेको रुपमा गुमाए । क्लासेनले ४८ बल फेस गर्दा २ छक्का र ४ चौकाको मद्दतले ४७ रन जोडेर आउट भए । डेभिड मिलरले शतकीय पारि खेल्दै आउट भएपछि दक्षिण अफ्रिकाले ४७.२ ओभरमा २ सय प्लस रन बनायो ।

मिलरले ११६ बल खेल्दा ५ छक्का र ८ चौका प्रहार गरे । यसैगरी गेराल्ड कोट्जेले १९ रन बनाउँदा क्विन्टन डीकक ३ रनमा आउट भए ।

कप्तान टेम्बा बामुभाले खाता खोल्न सकेनन् । रसे भान डर डुसेनले ६ रन बनाउँदा एडेन मार्करमले १० रनको पारि खेले । यस्तै, मार्को जेनसनले पनि खाता खोल्न असफल हुँदा केशव महाराजले ४ रनको पारि खेले ।

यस्तै अन्तिम विकेटको रुपमा कागिसो रबाडा १० रन बनाएर आउट भए । उनले १ छकका प्रहार गरे । तबरेज सम्सीले १ रन जोडेर नटआउट रहे । दक्षिण अफ्रिकालाई सस्तैमा रोक्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र पाट कमिन्सले तीन तीन विकेट लिए । यस्तै, जोस हेजलवुड र ट्राभिस हेडले दुई दुई विकेट लिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्