Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन राष्ट्रिय निकुञ्जबाट २ गैंडाको तस्करी

शुक्रबार, मंसिर १, २०८०

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा तिहारको सम्मुख पारेर गैंडा तस्करले दुई गैंडा मारेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् । एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको उनले जानकारी दिए ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिकव्य्क्तिहरूले ठूलो योजना बनाएर गैंडा मार्न सफल भएको बताए ।

तस्करले दुईवटा अलग–अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।

गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो । गैंडालाई धरापमा पार्न खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु निकुञ्ज प्रशासनको लापरवाही भएको एक संरक्षण अधिकृतले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्