Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेताकै कारण गणतन्त्र बद्नाम भयो, जनतामा निराशा छायो : डा.शेखर कोइराला

शुक्रबार, मंसिर १, २०८०

रिाटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रवार विराटनगर बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए । उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे । 

नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे । उनले गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे ।

नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भइरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए । नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिदै सामाजिक सञ्जालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटक माथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्