नेभिगेशन
सुरक्षा–अपराध

चितवनमा ८० जुवाडे पक्राउ, सार्वजनिक अपराधमा मुद्दा दर्ता

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरुबाट रु तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरु धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरुबाट रु दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ