Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्घटना बढेको भन्दै पाकिस्तानमा कम उमेरका चालक पक्राउ गर्न सुरु 

शनिबार, मंसिर २, २०८०

लाहोर— पाकिस्तानमा कम उमेरका चालकका कारण दुर्घटना भएको भन्दै कम उमेरका चालकलाई पक्राउ गर्न सुरु गरिएको छ । 

लाहोर ट्राफिक पुलिसले नोभेम्बर १५ र १६ तारिखमा कम्तिमा २४८ जना कम  नाबालिग चालकलाई पक्राउ गरेको छ । 

कम उमेरका चालकले पछिल्लो एक दुर्घटनामा दुई शिशु र दुई महिला सहित  परिवारका ६ सदस्यको मृत्यु भएपछि प्रहरीले कारबाही सुरु गरेको  एआरवाई न्यूजले उल्लेख गरेको छ।

लाहोरका मुख्य ट्राफिक अफिसर (सीटीओ) ले जिल्ला भित्रका सबै सर्कल र सेक्टर इन्चार्जहरूलाई सडक प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न नाबालिग चालकहरू विरुद्ध कठोर कदमहरू लागू गर्न निर्देशन दिएको छ।

नाबालिग चालकहरूले चलाउने सवारीसाधन र मोटरसाइकलहरूलाई टिकट जारीसँगै प्रहरी स्टेशन र सेक्टरहरूमा जफत गर्न निर्देशन दिएको  एआरवाई न्यूजले उल्लेख गरेको छ । 

ट्राफिक प्रहरीले आफ्ना नाबालक बालबालिकालाई सवारी साधन चलाउन नदिन अभिभावकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार