गोकुल बास्कोटा भन्छन् कांग्रेस महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ
काठमाडौं - नेकपा एमालेका नेता गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई सेवा दिन नसकेको टिप्पणी गरेका छन्।
उनले कांग्रेस महामन्त्रीद्वयले प्रभावित क्षेत्रका पीडितका लागि बनाएको दुई घर प्रचारमै सकिएको व्यङ्ग्य समेत गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै कांग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लागि बनाएको अस्थायी घरबारे व्यङ्ग्य गरेका हुन्।
उनले लेखेका छन्, ‘यति बलियो गठबन्धन सरकारकारले जम्मा दुई जिल्लाका भुईँचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । महामन्त्रीद्वय अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ।’
त्यस्तै उनले सरकार भन्दा नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन् । ‘माघ लाग्न के आँट्या छ,सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे! सरकार भन्दा लोकतन्त्रवादी जनता छन् नेपालमा’, बास्कोटाले लेखेका छन्।