Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्प पीडितका लागि उठ्यो १५ करोड, कसले कति दिए ? (सूचीसहित)

शनिबार, मंसिर २, २०८०

काठमाडौँ- जाजरकोट भूकम्प पीडितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख रुपैयाँ भन्दा बढी सङ्कलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो ब्याङ्कहरूबाट मंसीर १ गतेसम्म प्राप्त सहयोग रकमको सूची हो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, बुद्ध एयर, राष्ट्रिय वाणिज्य ब्याङ्क, ग्लोबल आईएमई ब्याङ्क, सूर्या नेपाल, क्यान सेन्ट्रल पेयमेन्ट रिलिज र गोर्खा ब्रुअरीले एक–एक करोड रुपैयाँ सहयोग गरेका छन्।

कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भएर आएको भूकम्पमा परेर १५३ जनाको ज्यान गएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्