Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज छठ पर्व : सूर्यको पूजा आराधना गरी मनाइँदै

आइतबार, मंसिर ३, २०८०

काठमाडौँ - देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्