Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप क्रिकेटको फाइनल आज, उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

आइतबार, मंसिर ३, २०८०

काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ। भारतको अहमदाबादमा हुने फाइनल खेलमा उपाधिका लागि भारतको राष्ट्रिय टिम र अस्ट्रेलियाको राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकपको फाइनल आज दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

आठ पटकसम्म फाइनल खेलेको अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ। चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ। विश्वकपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो। त्यो खेल अष्ट्रेलियाले जितेको थियो ।

भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १ सय ५० वटा एकदिवसीय खेल भएकोमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ । भारतले जम्मा ५७ वटा जितेको छ । विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठ पटक अष्ट्रेलियाले र पाँच पटक भारते जितेको छ। यो विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ। अष्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

समर्थकले भारतको जितका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चनासहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन् ।

रेलवेले दिल्ली र मुम्बईदेखि अहमदाबादसम्म विशेष ट्रेनहरू चलाउने घोषणा गरेको छ। फाइनल खेल हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स पनि उपस्थित हुनेछन्।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्