भारतलाई तेस्रो झड्का, श्रेयस ४ रन बनाएर आउट
काठमाडौं- एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध तेस्रो विकेट गुमाएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले तेस्रो विकेटका रुपमा श्रेयस अय्यरलाई गुमाएको हो । अय्यर मात्रै चार रन बनाएर आउट भएका हुन्।
यसअघि कप्तान रोहित शर्मा ४७ रन बनाएर आउट भएका थिए । जारी खेलमा भारतले १० दशमलव २ ओभरमा ८१ रन बनाएर खेलिरहेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्