विश्वकप क्रिकेट : भारतले चौथो विकेट गुमायाे, विराट कोहली ५४ रनमा आउट
काठमाडौं- एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध चौथो विकेट गुमाएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको हो । कोहली ६३ बलको सामना गरी ५४ रन बनाएर आउट भएका हुन्।
जारी खेलमा भारतले २८ दशमलव ४ ओभरमा १४८ रन बनाएर खेलिरहेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १६:३७
प्रतिक्रिया दिनुहोस्