विश्वकप क्रिकेट फाइनल : भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य
काठमाडौँ– विश्वकप क्रिकेट फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो ।
भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन । ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए ।
कोहली ५४ र राहुल ६६ रनमा आउट भए । यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए ।यस्तै, श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए ।
५५ रनमा ३ विकेट लिएका अष्ट्रेलियाका मिचेल स्टार्कले स्टार्कले अन्तरालमा यसो भनेका छन्, “जसरी हामी बलको साथ मैदानमा आएका थियौं, त्यो शानदार थियो। अब बाहिर जाने र ब्याटिङ गर्ने हाम्रो पालो हो ।” उनले भने,‘सीम बलरका लागि विकेटमा धेरै छैन। तपाईंले स्विंग एकदम चाँडै टाढा भएको देख्नुभयो ।’