Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोरक्कोमा ४.६ टन गाँजा बरामद, संदिग्ध २ जना पक्राउ

आइतबार, मंसिर ३, २०८०

रबत– मोरक्कोको प्रहरीले ४.६३५ टन लागुऔषध गाँजा बरामद गरेको छ । साथै, लागुऔषध तस्करी सञ्जालमा संलग्न रहेको आरोपमा दुई जना संदिग्धलाई पक्राउ गरेको पनि  आधिकारिक समाचार एजेन्सी म्यापले आइतबार उल्लेख गरेको छ ।

मोरक्कोको सबैभन्दा ठूलो शहर कासाब्लान्कामा शनिबार सञ्चालन गरिएको कारबाहीका क्रममा प्रहरीले समुद्री मार्गबाट निर्यात गर्न तयार गर्दै गरेको १२३ वटा ठूला प्याकेजहरूमा लुकाइएका लागुऔषधहरू बरामद गरेको हो  ।

समुद्री मार्गबाट लागुऔषध र साइकोट्रोपिक पदार्थको अन्तरराष्ट्रिय ओसारपसारमा संलग्न आपराधिक सञ्जालसँग सम्भावित सम्बन्धको बारेमा दुई संदिग्धहरूमाथि अनुसन्धान शुरु गरिएको थियो ।

संयुक्त राष्ट्रसंघ कार्यालयका अनुसार मोरक्को लागुऔषध प्लान्टको विश्वको सबैभन्दा ठूलो उत्पादकहरू मध्ये एक रहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्