Nic Ad Nic Ad
Nic Ad Nic Ad
विश्वकप क्रिकेट फाइनल

विश्वकप फाइनल : अष्ट्रेलियाले सुरुवातमै ३ विकेट गुमायो

आइतबार, मंसिर ३, २०८०

काठमाडौँ– विश्वकप क्रिकेट फाइनल खेलमा अष्ट्रेलियाले भारतविरुद्ध सुरुवातमै तिन विकेट गुमाएको छ ।

जितको लागि २ सय ४१ रन लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ ओभरसम्मको खेलमा ३ विकेट गुमाउन पुग्यो । ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भए ।

मिचेल मार्श जस्पित बुमराहको पाँचौ ओभरको तेस्रो बलमा १६ रनमा क्याच आउट भए । एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । उनले १५ बलमा १ चौका र १ छक्का हाने । 

बुमराहको सातौं ओभरको अन्तिम बलमा स्टिभ स्मिथ चार रनमा एलबीडब्लू आउट भए । त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।

भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन् ।

अहिलो खेलको २२ ओभरमा ११७रन जोड्दै ट्रविस हेड र मार्नस लाबुसेन मैदानमा खेलिरहेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्